नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा आज देखि सुरु



वीरगन्ज,१५ असोज । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा आज देखि सुरु हुँदैछ । विधान महाधिवेशनको आज दिउसो अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ । महाधिवेशनमा मुलुकभरबाट ६ हजार भन्दा वढी पार्टी प्रतिनिधी सहभागी भएको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

पहिलो दिन आज राजनीतिक सांगठानिक प्रतिवेदन र विधानको मस्यौदा गरि ३ वटा प्रस्ताव पेश गर्ने र भोली देखि समूहगत छलफल गर्ने कार्यक्रम छ । बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

सम्मेलनमा केन्द्रिय कमिटीका पदाधिकारी, विभाग प्रतिनिधि, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ र प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख र उपप्रमुख लगायत ६ हजार प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान