स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आज युनाइटेड सिमरा बारा र लालबन्दी ११ सर्लाही बिचको खेल हुदै माधव तिमिल्सिना
ठोरी,१५ असोज । पर्साको ठोरी –४, विजयवस्तीमा जारी समाजसेवी स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आज युनाइटेड सिमरा बारा र लालबन्दी ११ सर्लाही बिचको खेल हुदैछ ।
यी दुइ टिम बिचको खेल बिजयवस्ती खेल मैदानमा अपरान्ह साढे ३ बजे देखि शुरु हुने आयोजकले जनाएको छ ।यसअघि हिजो भएको खेलमा बिएफसी चितवनले युवा प्रगति समाज सेढवा पर्सालाइ २–० गोल अन्तरले पराजित गरेको थियो ।
असोज २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद २ लाख सहित ट्रफी र उपबिजेता टिमले नगद १ लाख सहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।