वीरगन्जकी एसिड पीडित किशोरी खातुनलाई वीरगन्ज महानगरपालिकाद्धारा आर्थिक सहयोग प्रदान



वीरगन्ज,१८ असोज । एसिड पीडित मुस्कान खातुनको उपचारका लागि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले दुइ लाख रुपैया सहयोग गर्नुभएको छ । हिजो आफनै कार्यकक्षमा बोलाएर सरावगीले मुस्कानलाइ दुइ लाख रुपैयाको चेक प्रदान गर्नुभएको हो ।

चिकित्सकहरुले मुस्कानलाई बताए अनुसार , एसिड प्रहारले घाटी , पेट र छातीमा भएको घाउको तत्कालै शल्यकृया गर्नु पर्नेछ । त्यसका लागि ३ लाख भन्दा बढि खर्च लाग्ने भएको छ । तर, मुस्कानसंग त्यति रकम नभएको खबर पाएपछि नगर प्रमुख सरावगीले हिजो उनलाइ दुइ लाख रुपैया सहयोग गर्नुभएको हो ।

आफ्नो तलब भत्ताको रकम जम्मा गर्दै आएको मेयर कल्याणकारी कोषबाट तत्कालका लागि दुइ लाख रुपैया मुस्कानको उपचारका लागि सहयोग गरेको सरावगीले बताउनुभयो । सरावगीले एसिडले मुस्कानको कानको पनि सर्जरी गर्नु पर्ने र त्यसका लागि १२ लाख रुपैया जति खर्च लाग्ने कुरा गरेका कारणले
आफूले मुख्यमंत्रीलाई पनि सहयोग गर्न भनेको बताउनुभयो । सरावगीबाट दुइ लाख रुपैया सहयोग पाएपछि खुशी व्यक्त गर्दै मुस्कानले अप्रेशनका लागि पैसाको जोहो नहुदा परिवार नै तनावमा रहेको र दुइ लाख पाएप्छि धेरै आश पलाएको बताउनुभयो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ की १५ वर्षीया मुस्कानलाइ , २०७६ भदौ २० गते विद्यालय जाने क्रममा वीरगन्ज ४ गणेशमान चोकमा मजिद मिया र सम्साद मियाले उनको अनुहार र शरिरमा एसीड प्रहार गरेर घाइते बनाएका थिए । घाइते भएकी समय देखि मुस्कानको काठमाण्डौको किर्तिपुर स्थित बर्न हस्पिटलमा उपचार हुदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन