बन्द रहेको सीमा नाका खुला भएसँगै वीरगन्ज क्षेत्रको होटल ब्यवसाय चलायमान बन्दै



वीरगन्ज,१८ असोज । बन्द रहेको नेपाल भारत सीमा नाका खुलेको दुईदिन मै वीरगन्जका होटलहरुको अकुपेन्सी बढेको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण २०७६ चैत ११ गतेदेखि नै सीमा नाका बन्द भएपछि वीरगन्ज र आसपासका होटलहरु सुनसान बनेको थियो । लामो समय बन्द हुँदा होटलमा बस्ने पाहुना नहुँदा सुनसान बनेको होटलहरु सीमा नाका खुलेपछि स्तरीय होटलहरुमा बास्न बस्न ग्राहकहरु थालेको हो ।

असोज १५ गतेदेखि औपचारिक रुपमा सीमा खुलेपछि भारतीय पर्यटकहरु वीरगन्जमा आउन थालेको र होटलको अकुपेन्सी बढ्न थालेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताउनुभयो । सीमा नाका खुला भएपछि दुईदिन अघिसम्म फाट्टफुट्ट मात्रै होटलमा अहिले मध्यम स्तरदेखि ठूला होटलहरुमा ग्राहक आउन थालेको पन्तले बताउनुभयो ।

सीमा नाका खुलेको नेपाल र भारतमा प्रचार भएपछि अहिले भारतका ट्राभल एण्ड टुर्स कम्पनीहरुले पनि नेपाल भ्रमणको प्याकेजमा बुकिङ गर्न थालेको जानकारी आएको अध्यक्ष पन्तले बताउनुभयो । नेपाल भ्रमणका लागि भारतीय ट्राभल्स एण्ड कुर कम्पनीहरुले १० दिनको प्याकेज बनाएर प्रचार प्रसार गर्दै बुकिङ समेत गर्न थालेको उहाँले बताउनुभयो ।

बसपार्क क्षेत्रका साना गेष्ट हाउस र लजहरुदेखि वातानुकुलित सुविधा सहितका स्तरीय होटलहरुमा समेत भारतीय ग्राहकहरु आउन थालेका छन् । ग्राहक नआएर कहिलेकाँही खाली हुने रुमहरु अहिले बुक हुन थालेको होटल कुमु प्यालेसका संचालक कुवेर कार्कीले बताउनुभयो । उनका अनुसार नाका खुलेको दई दिन मै होटलमा रुम प्याक भएर अन्य होटलमा पठाउनु परेको थियो ।

बसपार्क क्षेत्रमा रहेका गेष्ट हाउसमा पनि ग्राहकहरुले भरिन थालेको होटल तथा पर्यटन व्यवसायी संघका महासचिव माधव बस्नेतले बताउनुभयो । घुम्न आउने पर्यटकहरु मात्रै होईन वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगहरुमा काम गर्ने कर्मचारीहरु, व्यावसायिक कामले आउनेहरु पनि भएको हँुदा होटलहरु अब संचालनमा आउन थालेका हुन् ।

दशैं, तिहार र छठ लगायतका चाडवाडहरु पनि नजिकिदै गएकोले नेपाल फर्किनेहरु वीरगन्ज नाका भएर फर्किदा टाढा टाढा घर भएकाहरु एकरात वीरगन्ज मै बसेर जाने हुनाले पनि होटलहरुमा चहल पहल शुरु भएको छ ।

नाका खुलेपछि भारतीय नम्बर प्लेटका सवारी साधनहरु पनि अब वीरगन्ज लगायत आसपासका होटलहरुमा देखिन थालेकोले अब होटल र पर्यटन व्यवसायीहरुलाई केही राहत हुने होटल व्यवासायी संघ पर्साका महासचिव तबरेज आलमले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान