लोसपा आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिन, नेता राजेन्द्र महतो



वीरगन्ज,१८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिन बताउनुभएको छ । आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसकिने बताउनुभयो ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन भएको थियो ।वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताउनुभयो ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नभएको बताउनुभयो । अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको पत्रकार सम्मेलनमा बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल
मतदाता नामावली सङ्कलन आजदेखी सुरु
प्रदेश र प्रतिनिधिसभा चुनाव आगामी मंसिरमा हुने : प्रचण्ड