सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव बिषयक कार्यशाला गोष्ठी वीरगन्जमा सम्पन्न
वीरगन्ज,२० असोज ।सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव बिषयक कार्यशाला गोष्ठी वीरगन्जमा आज सम्पन्न भएको छ । वीरगन्जको होटेल भिस्वामा सामुदायिक रेडियो नारायणी एफएमको आयोजनामा र अर्माक एशिया प्रशान्त कार्यालयको सहयोगमा सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव बिषयक कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यशाला गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले कोरोना संक्रमण जस्तो महामारीमा सामुदायिक रेडियो सहितका संचार जगतले उल्लेखनीय भुमिका खेलेको बताउनुभयो । उहाँले महामारीमा संचारमाध्यमको भुमिका र सहयोग विना कोरोना संक्रमण नियन्त्रणमा सरोकारवालालाई चुनौति सामना गर्नुपर्ने अवस्था बनेको बताउनुभयो ।
नगरप्रमुख सरावगीले कोरोना संक्रमणको महामारीमा स्थानीय सरकारलाई प्रदेश र संघ सरकारले केहि सहयोग नगरेको गुनासो उजागर गर्नेमा पत्रकारको महत्वपुर्ण भुमिका रहेको जिकिर गर्नुभयो । कार्यशालामा सहभागी प्रदेश २ को महोतरी देखि पर्सा सम्मका सामुदायिक रेडियोका संचालक र पत्रकाहरुले कोरोना महामारीमा भोग्नु परेका समस्या र अनुुभवलाई सुनाएका थिए ।
कार्यशालामा सामुदायिक रेडियो प्रशारक संघका प्रदेश २ उपाध्यक्ष उपासना तिवारी ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने ,प्रदेश २ का महासचिव श्याम बन्जारा ,पर्सा शाखाका अध्यक्ष अनुप तिवारी ,लगायतकाले आफ्ना अनुभव सुनाएका थिए । कार्यशालाको सहजीकरण सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले गर्नुभएको थियो ।