झुटो मुद्धा खेपेर मलेसियाको कारागारमा रहेका पर्साका ठोरी गाउँपालिका –५, सवर्णपुरका एक युवाको उद्धार
माधव तिमिल्सिना
ठोरी,२० असोज । सुरक्षित वैदेशिक आप्रवासन परियोजना सामी मार्फत झुटो मुद्धा खेपेर मलेसियाको कारागारमा रहेका पर्साका ठोरी गाउँपालिका –५, सवर्णपुरका एक युवाको उद्धार गरिएको छ । मलेसियामा सेक्युरिटी गार्डका रुपमा कार्यरत सवर्णपुर, क्षेत्रीलाइनका विवेक खड्कालाइ सामी परियोजनाले जेलबाट उद्धार गरेर घर फर्काउन सफल भएको हो ।
करिब ५ वर्ष खड्का सेक्युरिटी गार्डमा काम गर्नकालागि मलेसीया गएका थिए । ड्युटीका क्रममा एउटै कम्पनीमा काम गर्ने स्थानीय महिला सँग सामान्य विवाद हुदा ती महिलाले खड्कालाइ महिला हिंसाको झटो मुद्धा लगाएर जेल पु¥याएकी थिइन् ।
करिब ३ वर्षको बुसाई अवधि सक्काएर घर फर्कने समयमा खड्का ३ महिना जेल परेका थिए ।