बारामा करेन्ट लागेर एकजना पुरुषको ज्यान गयो
जय यादव
बारा,२० असोज । बारामा आज बिहान करेन्ट लागेर एकजना पुरुषको ज्यान गएको छ । करेन्ट लागेर महागढीमाई नगरपालिका–८ ब्रम्हपुरीका ५० बर्षीय रामेश्वर महतोको ज्यान गएको हो । आफ्नै बारीमा पानी तान्न जडान गरिएको तारबाट करेन्ट लागेर महतोको बिहान साढे नौ बजे ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।