भारतमा भन्दा नेपालमा डिजेलको मुल्य सस्तो भएपछि पर्सामा डिजेलको तस्करी बढ्दो



वीरगन्ज,२० असोज । भारत भन्दा नेपालमा डिजेलको मुल्य सस्तो भएपछि वीरगन्ज क्षेत्रमा डिजेलको तस्करी बढेको छ । नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रुपैयाँ महँगो पर्छ । त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो । हाल वीरगन्जमा प्रतिलिटर पेट्रोल १२८ रुपैयाँ पर्छ भने डिजेल प्रतिलिटर १११ रुपैयाँमा विक्री भइरहेको छ ।

दुई दिन अगाडि पर्साको जगरनाथपुरबाट प्रहरीले भारत तर्फ लाँदै गरेको अवस्थामा ७० लिटर डिजेल बरामद हुनुले पनि पर्सामा डिजेल तस्करी बढेको पुष्टी हुने प्रहरी अधिकारीको तर्क छ । ३ वर्षयता भारतमा भन्दा नेपालमा इन्धन सस्तो पर्दै आएको छ । त्यसैले भारततर्फ इन्धन तस्करी भइरहेको हो ।

वीरगन्ज लगायतका सीमावर्ती बजारका पेट्रोल पम्पमा इन्धन भर्न आउने भारतीय सवारीसाधनको चाप बाक्लै हुन्छ । मुलुकमै सर्वाधिक इन्धन आयात हुने नाका वीरगन्ज÷आईसीपी भन्सार नाकाबाट समेत इन्धनको आयात बढेको तथ्यांकले देखाएको छ । गत र अघिल्लो आर्थिक वर्षमा पनि कोरोना महामारीको समयमा सवारीसाधन कम चलेका थिए ।

तर, ती दुवै आर्थिक वर्षमा वीरगन्ज नाकाबाट इन्धन आयात बढेको भन्सार कार्यालयको तथ्यांकले देखिन्छ । गत आर्थिक बर्षमा वीरगन्ज नाका हुँदै ६४ अर्ब ६० करोड ५४ लाख ६७ हजार रुपैयाँ बराबरको ११ लाख ८९ हजार ७ सय ७३ किलो लिटर डिजेल आयात भएको छ । अघिल्लो आर्थिक बर्षमा ५८ अर्ब २३ करोड ४ लाख ८३ हजार रुपैयाँ बराबरको १० लाख २३ हजार ५ सय ९४ किलो लिटर डिजेल आयात भएको थियो ।

भन्सार तथ्यांकले पेट्रोलको आयात पनि बढेको देखाएको छ । गत आर्ष यो नाका हुँदै १७ अर्ब ८४ करोड २६ लाख २५ हजार रुपैयाँ बराबरको ३ लाख २८ हजार ९ सय ५२ किलो लिटर पेट्रोल आयात भएको छ । अघिल्लो आर्थिक बर्षमा यो नाका हुँदै १७ अर्ब २४ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको ३ लाख ११ हजार १ सय ३७ किलोलिटर पेट्रोल आयात भएको थियो ।

पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाँण्डेले पनि डिजेलको तस्करी भएको बताउदै नियन्त्रणका लागि प्रयास भएपनि प्रर्याप्त नभएको बताउनुभयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग