नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
वीरगन्ज,२१ असोज । नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ६ सय ७२ जनाको नमूना परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ९ सय ११ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ९ सय ४२ जना रहेको छ ।
ती मध्ये ३ सय २९ जनाको भेन्टिलेटरमा र १ सय १२ जनाको आइसीयूमा उपचार भइरहेको छ।