कोअपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा विजयादशमी,शुभ दिपावली तथा छठ पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



वीरगन्ज,२४ असोज । कोअपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा विजयादशमी,शुभ दिपावली तथा छठ पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति पर्साको सभाकक्षमाभएको कार्यक्रममा लिडर्स क्लबका अध्यक्ष रामनिवास देहातीको सभापतित्व रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेफस्कुन संचालक समितिका सदस्य हरे राम पटेल रहनु भएको थियो । कार्यक्रममा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अंसारी बिशिष्ट अतिथि रहनु भएको थियो।

अथितिका रुपमा जिल्ला बचत संघका उपाध्यक्ष राकेश यादब, जिल्ला बचत संघ पर्साका संचालक नग नारायाण सिंह,जिल्ला बचत संघ पर्साका संचालक विजय गुप्ता,जिल्ला बचत संघ पर्साका संचालक गिरीराज कडेल,कृषि सहकारी संघका अध्यक्ष शिव कुमार श्रीनिधि साकोस उपाध्यक्ष मनोज गुप्ता, युवा सरोजगारका सुनिल कुमार रौनियार,जय अम्बे महिला सहकारीबाट निरा झा,गोदावरी साकोसका अध्यक्ष प्रदिप पटेल,फूल साकोसका अध्यक्ष संदिप पटेल,नवजिवन साकोसका राम बिनेश ठाकुर, हृदय नारायण शाह, ,ताज साकोसका अध्यक्ष ताज मिया, लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन धार्मराज कुश्वहाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल
मधेश प्रदेशको ४६ अर्ब ८८ करोड बजेट सार्वजनिक(पूर्णपाठ)