तरकारीका लागि पकेट क्षेत्र रहेको सिम्रौनगढमा आलुको बिऊ महंगो हुँदा कृषकहरु मारमा



रामेश्वर मेहता
सिम्रौनगढ,२५ असोज । तरकारीको पकेट क्षेत्र मानिएको बाराको सिम्रौनगढमा हाल आलुको बिउको भाउ आकासिएको छ । सिम्रोनगढको अमृतगन्ज , मौवाही ,नैका टोला ,श्री नगर बैरिया , देवापुर टेटा , भगवान पुर , कचोर्वा , पटेर्वा, अमरपुर ,सतुवाही ,कमलपुर ,झवानी लगायतका टोलहरुमा करीब दुई हजार बिघाहा जग्गामा आलु खेती हुने गरेको छ ।

तर यसपाली भने आलु विउको भाउ आकासिएको कारण , आलु खेती नै गर्न गाह्रो भइरहेको किसानहरुले गुनासो गरेका छन् । आलुको बिउ अहिले प्रती क्वीन्टल ७ हजार ५ सय देखि ८ हजार रुपैयाको भाउमा किन्नु परिरहेको कृषकहरुले बताएका छन् ।

अधिकाशं कृषकहरु लालगुलाब , शिमला , शिव चालीस जातका आलुको बीउ रोपीरहेको आलु बिक्रेता सिमरौनगढ ५ का महेश पटेलले बताउनु भयो । सिम्रौनगढको सिमावर्ति भारतीय शहर घोडासहन बजारमा आलुको बिउको भाउ महँगो भएकोले नेपाल तर्फ पनि महंगो हुन गएको किसानहरुले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन