दुई वर्ष देखि कोरोनाले प्रभावित वीरगन्जमा यसपाली भने दशैं मेलाको चहलपहल शुरु



वीरगन्ज,२५ असोज । दुई वर्षदेखि कोरोना महामारीको कारण वीरगन्जमा प्रभावित भएको दशैं मेला यसपाली भने भव्यताका साथ लागेको छ । वीरगञ्जमा यसपालिको दशैंमा चहलपहल र मेलाको रौनकता बढेको देखिएको छ ।

वीरगञ्जको घण्टाघर स्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ ।

हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन तथा भारत रक्सौलसम्मका सर्वसाधारणहरू विभिन्न सामान किनमेल गर्न आउने गर्छन् । जसले गर्दा वीरगञ्ज बजारमा लत्ताकपडा, मसला, ड्राइफूट, कस्मेटिकका सामान, खाद्यान्न जस्ता सामानको बिक्री दोब्बरले बढेको व्यवसायीहरूको भनाइ छ ।

वीरगञ्जमा बढेको भीडभाडले घण्टाघरदेखि मकालु चोकसम्मको ट्राफिक व्यवस्था भने अस्तव्यस्त बनेको छ भने सडकमै मेलाका सामग्री फूलपात, प्रसाद, शृङ्गारका सामान, खेलौना तथा जिलेबीका पसलहरु थापिएका छन् ।यसपालिको मेलामा राम्रोसँग व्यवसाय हुनेमा व्यवसायीहरू उत्साहित छन् भने मिठाइ कारोबारमा पनि वृद्धि भएको पसलेहरूले बताएका छन् ।

मेलामा पाकेटमारहरूको बिगबिगी, गहना लुटपाटका घटना हुने भएकाले पर्सा प्रहरीले बजारमा सुरक्षा व्यवस्था कडा बनाएको पर्साका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताउनुभयो । दशै तिहार र छठलाइ लक्षित गरि पर्सा प्रहरीले सुरक्षा योजना नै तयार पारेको र त्यस अनुसार सुरक्षा व्यवस्था लागु पनि गरिसकिएको प्रहरी उपरिक्षक पाण्डेले जानकारी दिनुभयो । चाडबाडमा कहि कतै पनि उच्छृंखल र अपराधिक गतिविधी नहोस् भनेर प्रहरीको निगरानी र गस्ती बढाइएकाले ढुक्क भएर चाडपर्ब मनाउन जिल्लावासीसंग प्रहरी उपरिक्षक पाण्डेको आग्रह छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन