नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
वीरगन्ज,२५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ देशभरका प्रयोगशालामा १२ हजार १ सय ९५ नमूना परीक्षण गर्दा ७ सय ८५ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ४६ पुगेको छ । मन्त्रालयका अनुसार आज थप ८ सय ८८ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ८७ रहेको छ।
मन्त्रालयका अनुसार ३ सय १४ जनाको भेन्टिलेटरमा र १ सय ११ जनाको आइसीयूमा उपचार भइरहेको छ ।