टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो



काठमाडौँ, २९ असोज । देवी बिसर्जनसँगै आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाउन शुरु भएको छ । विजयादशमीका दिन आज बिहान १० : ०२ बजे टीका लगाउनका लागि शुभ रहेको समितिले जनाएको छ ।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भएपनि राम्रो समयको साइत १० : ०२ बजेको दिइएको उहाँले बताउनुभयो । “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १० : ०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न

नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ”–अध्यक्ष अधिकारीले भन्नुभयो ।
समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ । नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्ति नभएसम्मका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन कुनै समस्या छैन ।

विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ । (रासस)

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग