वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाइ ठक्कर दिदा ३ जनाको मृत्यु भएको छ
वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाइ ठक्कर दिदा ३ जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा गएराति ११ बजे पथलैयाबाट वीरगन्ज आउदै गरेको ना ३ ख ७५९४ नम्बरको टयाङकरले विपरति दिशाबाट जादै गरेको बी आर ०६ सि क्यु ४१४१ नम्बरको कारलाइ ठक्कर दिएको हो ।
मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षिय राजन सर्राफ , कारमा सवार २५ वर्षिय सुरज प्रसाद र २७ वर्षिय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।कार चालक राजनलाइ उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै तथा सुरज प्रसाद र कृत सिंहको भने वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक मध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न नसकेको यादवले बताउनुभयो ।
ट्याङकरका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरिक्षक यादवले बताउनुभयो ।