खोला र नदिबाट बालुवा , गिट्टी र ढुङगाको अवैध उत्खनन् र तस्करी फेरि बढेको छ



पर्साका खोला र नदिबाट बालुवा , गिट्टी र ढुङगाको अवैध उत्खनन् र तस्करी फेरि बढेको छ । सम्बन्धित पालिकाको अनुमति बेगर नै नदि र खोलाहरुबाट बालुवा , गिट्टी र ढुङगाको उत्खनन् र तस्करी भइरहेको हाम्रा सहकर्मी प्रमोद यादवले जानकारी दिनु भएको हो ।

भेडाहा, कर्जनिया, सिंगीयाही, जमुनिया, गादी, भलुवही र ओरिया खोलामा नदिजन्य पदार्थको ठेक्का पालिकाले लगाएका छैनन् । तर ती खोलाहरुबाट दैनिक ४० देखी ५० ट्याक्टर गिटी , बालुवा र ढुङगा उत्खनन् गरि तस्करी भइरहेको हो । गाँउमा रहेका प्रहरी चौकीको मिलमतोमा गिटटी बालुवा र ढुंगाको उत्खनन् र तस्करी भइरहेको गाँउलेहरुको आरोप छ ।

खोलाहरुबाट अवैध रुपमा उत्खनन् गरि ल्याइएका बालुवा , गिट्टी र ढुङगा कारोबारीहरुले मङगो मुल्यमा बिक्री गरिरहेका छन् । अहिले नद र खोलामा ठेक्का नलगाइएका कारण कारोबारीहरुले त्यसैको अनुचित फाइदा उठाउदै महङगो मुल्यमा बालुवा , गिट्टी र ढुङगा बिक्री गरिरहेको स्थानीय जाकिर हुसेनले बबताउनुभयो ।

नदि र खोलामा ठेक्का बन्द रहेका बेला विकास निर्माणका काम र घर निर्माणका लागि आवश्यक बालुवा , गिट्टी र ढुङगा नपाइएको र पाइ हालेपनि तस्करहरुसंग नै महङगो मुल्यमा किन्नु पर्ने बाध्यता रहेको स्थानीय पुजन साहले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान