दशैं विदामा पेट्रोलियम पदार्थको ढुवानी बन्द हुँदा पर्सा र बारामा पेट्रोलको अभाव



वीरगन्ज, २ कात्तिक । दशैं विदामा पेट्रोलियम पदार्थको ढुवानी बन्द हुँदा, पर्सा र बारामा पेट्रोलको अभाव भएको छ । पेट्रोल आयात बन्द हुँदा वीरगन्जका कुनैपनि पेट्रोल पम्पहरुमा अहिले पेट्रोल पाईएको छैन ।

बाराको अम्लेखगन्ज स्थित नेपाल आयल निगमको डिपोले पनि ८० प्रतिशत पेट्रोल काठमाडौं लगायतका अन्य क्षेत्रमा पठाएको र बारा पर्साका पेट्रोल पम्पहरुलाई वितरण नगर्दा पेट्रोलको अभाव भएको पेट्रोलियम डिलर्स एशोसिएसन पर्साका अध्यक्ष विनोद चौरसियाले बताउनुभयो ।

पेट्रोल आउने भारतको बरौनी स्थित आइओसीको डिपोबाट दशैं विदामा नेपाली ट्यांकरहरुले ढुवानी बन्द गर्दा अहिले पेट्रोल आउन समय लागेकोले पनि वीरगन्जमा पेट्रोलको अभाव भएको चौरसियाले बताउनुभयो । पेट्रोल ढुवानीमा अझै दुईचार दिन लाग्ने भएकोले दुईचार दिनपछि मात्रै पेट्रोल वीरगन्जमा सहज रुपमा पाईने अध्यक्ष चौरसियाले बताउनुभयो ।

नेपाल आयल निगम वीरगन्ज कार्यालयका प्रमुख पवन यादवले पनि दशैं विदाका कारणले ट्यांकरहरु बरौनी जान नपाउँदा पेट्रोलको अभाव भएको बताउनुभयो । कार्यालयहरु खुलेपछि हिजो भने ७० हजार लिटर पेट्रोल बारा पर्साका लागि वितरण भएको उहाँले बताउनुभयो । त्यसमध्य पर्सामा ४८ हजार लिटर पेट्रोल ८÷९ वटा पेट्रोल पम्पमा वितरण भएको हो । तर पनि वीरगन्जका अधिकांश पेट्रोल पम्पहरुमा भने अहिले पनि पेट्रोल नपाइएको उपभोक्ताहरुले बताएका छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन