वर्षाले खेतमै धानबाली भिज्नुका साथै डुबानमा परेपछि किसानहरु चिन्तित्



वीरगन्ज, २ कात्तिक । अहिले भइरहेको लगातारको वर्षाबाट खेतमै डुबेको र भिजेको धानबाली जोगाउन तिर ध्यान दिन कृषि विज्ञहरुले किसानलाइ सुझाव दिएका छन् । तीन दिन यता लगातार परिरहेको वर्षाले खेतमा पाकी सकेको धानमा नोक्सानी पुरयाएपछि चिन्तामा परेका किसानहरुलाइ कृषि विज्ञहरुले विभिन्न सुझाव दिएका छन् ।

वर्षाको पानीले तराई मधेस र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान खेतमै ढालेको छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा हुने भएकाले उत्पादन घट्ने र लगानी डुब्ने किसानहरुको चिन्ता छ ।

काटेर खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतमै छेउमा ठुलो खाडल बनाएर पानी तर्काउन सकिने कृषि ज्ञान केन्द्र पर्साका कृषि प्राविधीक सुरेश चौरसीयाले बताउनुभयो । धान ढलेको खेतमा पानी जम्न नदिन निकासको व्यवस्था गर्नु पर्ने उहाको सुझाव छ ।

धानको बालालाई जोगाउन सके पनि धेरै नोक्सानी बेहोर्न नपर्ने उहाँको भनाइ छ । साथै एक÷दुई दिनपछि घाम लागेमा एक÷दुई दिन धान घाममा सुकाएर चुट्न पनि चौरसीयाको सुझाव छ ।खेतको छेउ वा भित्तामा बाला राख्ने, पानी भरिएको खेतमा पानीको निकास बनाउने र चिस्यान कम गर्न सके धेरै क्षति हुन नपाउने चौरसीयाले बताउनुभयो ।

अहिले नै कुन्यु बनाएर राख्दा गन्ध आउने भएकाले ओभानो ठाउँमा फिँजाएर राख्नुपर्नेमा उहाँको जोड छ । धान पाकेको अवस्था भए पनि केही दिन नकाट्न पनि चौरसीयाको सुझाव छ । चौरसीयाका अनुसार पानी रोकिएपछि राम्रोसँग सुकाएर भित्र्याउन सकेमा धानमा हुने क्षति कम गर्न गर्न सकिन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन