नेपालमा पछिल्लो २४ घण्टामा सात सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
वीरगन्ज, ५ कात्तिक । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा नौ सय ३२ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार नौ सय ४६ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये दुई सय ७९ जनाको आईसीयू र ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सात सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरेर नौ हजार तीन सय ७६ जनाको नमुना परीक्षण गरेकोमा सात सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ११ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ३७ पुगेको छ ।