पर्साको बहुदरमाई नगरपालिकामा नेकपा एमालेको नगर स्तरीय बैठक सम्पन्न
वीरगन्ज, ५ कात्तिक । पर्साको बहुदरमाई नगरपालिकामा आज नेकपा एमालेको नगर स्तरीय बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै संविधानसभा सदस्य राजकुमार गुप्ताले भागबण्डाको आधारमा बनेको सरकारबाट नेपाली जनताले सुख नपाउने दावी गर्नुभयो ।
उहाँले केपी ओली सरकारलाई ढाल्न अदालतको गलत प्रयोग गरिएको भन्दै आउने निर्वाचनमा नेपाली जनताले यसको हिसाव लिने समेत बताउनुभयो । नगर अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता एवं संबिधान सभा सदस्य गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बहुदरमाइ नगरपालिकाको ९ वटै वडामा वडा कमिटी गठन गर्ने निर्णय गरेको जिल्ला कमिटी सदस्य पुरन पटेलले जानकारी दिनुभयो ।
भौराटारमा आज आयोजित बैठकमा एमालेका प्रदेश कमिटी सदस्य केदार तिवारी, ध्रुव साह ,जिल्ला कमिटी सदस्य पुरन पटेल, रामबाबु साह, हनिफ अंसारी,नगर सचिव सुरेन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।