इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्धारा बुटवलमा प्रदर्शन र चक्काजाम



वीरगन्ज, २५ कात्तिक । नेपाल आयल निगमले गएरातिदेखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् । एमाले निकट अनेरास्ववियूको नेतृत्वमा विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न मागसहित विद्यार्थी बिहानै सडकमा उत्रिएका हुन् । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ । इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले सरकारलाई मूल्यवृद्धि फिर्ताको लागि दबाब दिन आज बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल
मधेश प्रदेशको ४६ अर्ब ८८ करोड बजेट सार्वजनिक(पूर्णपाठ)