पर्साको छिपहरमाई गाउपालीका वडा नम्बर ५ भिस्वामा आज बिहान आगलागी हुदा दुइ वटा फुसको घर जलेर नष्ट
वीरगन्ज, २६ कात्तिक । पर्साको छिपहरमाई गाउपालीका वडा नम्बर ५ भिस्वामा आज बिहान आगलागी हुदा दुइ वटा फुसको घर जलेर नष्ट भएको छ । स्थानीय सत्रुधन तिवारीको खपटाले छाएको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर अगालागी हुदा दुइ वटै घर सहित घरमा रहेका लाखौ मुल्यका सरसमान जलेर नष्ट भएको हो । आगलागीबाट बिआर २२ बि ४६७२ नम्बरको मोटरसाईकल, नगद २० हजार रुपैया ,२ वटा खसी ,२ वटा बाख्राका साथै धान, गहु ,लताकपडा सबै जलेर नष्ट भएको घरधनी तिवारीले बताउनुभयो । आज बिहान घरका सबै सदस्य धान काट्न खेतमा गएका बेला घरमा आगलागी भएको र गाँउलेहरुको सहयोगमा आगो निभाइएको स्थानीय सैलेश गुप्ताले जानकारी दिनुभयो ।