ठोरी गाँउपालिका वडा नम्बर ५ मा रहेको ऐतिहासिक बाघमोर्चा मन्दिर परिसरमा निर्मित नयाँ मन्दिरमा आज दुर्गा भगवतीको मुर्ति स्थापना



माधव तिमिल्सिना
ठोरी, २ मंसिर । पर्साको ठोरी गाँउपालिका वडा नम्बर ५ मा रहेको ऐतिहासिक बाघमोर्चा मन्दिर परिसरमा निर्मित नयाँ मन्दिरमा आज दुर्गा भगवतीको मुर्ति स्थापना गरिएको छ । आज मन्दिर प्राङ्गणमा ठोरी गाउपालिकाको आयोजनामा सम्पन्न धार्मिक कार्यक्रममा धार्मिक अनुष्ठानसहित मुर्ती स्थापना गरिएको हो ।

धार्मिक अनुष्ठानमा गाउपालिका अध्यक्ष पदमलाल श्रेष्ठ र उपाध्यक्ष शान्तिमाया थिङ्ले हिन्दु धर्म संस्कार अनुसार पुजापाठ गरे पश्चात् मुर्ती स्थापनाको विधि पुरा गरिएको पण्डित उद्द्व न्यौपानेले बताउनुभयो । मुर्ती निर्माणका लागी मात्र ठोरी गाउपालिकाले ५ लाख ४५ हजार रकम खर्चेको गाउपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

ठोरीकै महत्त्वपूर्ण धार्मिक क्षेत्रका रुपमा परिचित बाघमोर्चा मन्दिरमा नेपाल र भारतका श्रद्धालु भक्तजनहरु पुजापाठका लागि आउने गरेका छन् ।बाघमोर्चा मन्दिरमा भाकल राखेर पुजापाठ गर्दा चिताएको पुग्ने त्यस क्षेत्रका भक्तजनहरुमा विश्वास रहि आएको छ । वर्षेनि कार्तिक शुक्ल पुर्णिमाको दिन पुजापाठ गर्न आउने भक्तजनहरुको घुइँचो लाग्ने मन्दिर क्षेत्रमा बोका र कुखुराको बलि समेत दिने गरिएको छ ।

पछिल्लो समय नेपाल र भारतका विभिन्न ठाउँबाट मन्दिरमा पुजापाठ गर्न आउने तिर्थालुहरुको संख्यामा वृद्धि हुन थालेपछि ठोरी गाउपालिकाले धार्मिक पर्यटकीय क्षेत्र निर्माण अभियान थालेको गाउपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाका अनुसार नवनिर्मित मन्दिर निर्माण र रङ्गरोगनका लागि पालिकाले ५० लाख भन्दा धेरै बजेट खर्च गरेको छ ।

यस्तै गाउपालिकाकै लगानीमा मन्दिर प्राङ्गणमा प्रतिक्षालय समेत निर्माण गरिएको छ । हुलाकी सडकसंग जोडिएको तथा झोलुङ्गे पुलका कारण समेत आवतजावत गर्न सहज मन्दिर क्षेत्र व्यवस्थापन गर्दै पर्यटन प्रवर्द्धन गरिने अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन