वीरगन्ज महानगरपालिका ३२ वटा वडा मध्ये अहिले सम्म १५ वटा वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न
क्रान्ति साह
वीरगन्ज, २ मंसिर । वीरगन्ज महानगरपालिका ३२ वटा वडा मध्ये अहिले सम्म १५ वटा वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । वीरगन्ज महानगरमा काँग्रेसको वडा अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनु भएका नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार , वीरगन्ज महानगरमा आज अपरान्ह सम्म ३२ वटा वडा मध्ये १५ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।
यादवका अनुसार , वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ , २ , ३ , ४ , ५ , ७ , १० , १२ ,१३ , १४ , १५ , १६ , २५ , ३१ र ३२ मा वडा अधिवेशन सम्पन्न भएको हो ।
ती सबै वडामा काँग्रेस वडा कार्य समिति सर्व सम्मत रुपमा निर्वाचित भएको यादवले जानकारी दिनुभयो । ती सबै वडा मध्ये अधिकांश वडामा क्षेत्रीय प्रतिनिधीहरु पनि सर्व सम्मत रुपमा चयन भएको यादवले बताउनुभयो ।