विजय सरावगी जसपाको केन्द्रीय सदस्यमा मनोनित, प्रदीप यादव केन्द्रीय सदस्यबाट निष्काशित



वीरगन्ज, ९ मंसिर । काठमाण्डौमा ४ दिन देखी चलेको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवलाई पार्टीको केन्द्रीय कमिटीबाट निष्काशन गरेको छ । पार्टीको हित बिपरित कार्यमा संलग्न रहेको पाइएकोले यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

सासद यादवलाई अहिले पार्टीको केन्द्रीय सदस्यबाट निष्काशन गरिएको छ अधिकारीले भन्नु भयो उहाँको बिषयमा थप छानविन गर्न समिति गठन भएको छ त्यसको प्रतिवेदन आएपछि थप कारवाहीको बिषयमा पार्टीले निर्णय लिने छ ।

यस अघि जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रदीप यादवलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको थियो । यादवले पार्टीले दिएको समयसीमा भित्रै जवाफ दिदै पार्टी बिरोधी कुनै पनि गतिविधिमा आफनो संलग्नता नरहेको जवाफ दिएको नेता अधिकारीले बताउनु भयो ।

साँसद यादवको इनकारी जवाफ आएकोले छानवीनालागि समिति बनेको उहाँले बताउनु भयो । पार्टी समिति पहिले देखि नै क्रियाशिल रहेको बताउदै नेता अधिकारीले त्यसको रिपोर्टका आधारमा अन्य कारवाही के हुने भन्ने तय हुने बताउनु भयो । गठबन्धन सरकारको मंत्रीमण्डल बिस्तारमा जसपाबाट मंत्रीमा आफनो नाम समावेश नगरिए पछि यादवले बिभिन्न संचार माध्यम मार्फत पार्टी नेतृत्व बिरुद्ध अभिब्यक्ति दिएका थिए ।

उनका सर्मथकहरुले पार्टीको पर्सा जिल्ला कार्यालय र काठमाण्डौको वालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी तोडफोड पार्टीको झण्डा जलाउने,पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाउने प्रर्दशन गर्ने क्रियाकलापहरु गरेका थिए । पार्टीले यि सबै काम सांसद यादवको निर्देशनमा भएको ठहर गर्दै उनलाई सात बुंदे स्पष्टीकरण सोधेको थियो ।

बैठकले केन्द्रीय समितिमा केही नयाँ अनुहार पनि थपेको उहाँले बताउनु भयो । बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगी पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । त्यस्तै डा.सूर्य नारायण यादव ,बिकास तिवारी रामबाबु यादव लगायत पार्टीको केन्द्रीय समितिमा मनोनीत भएका छन ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन