आप्रवासी र शरणार्थी चढेको डुंगा इङ्लिस च्यानलमा डुब्दा २७ जनाको मृत्यु



एजेन्सी ९ मंसिर । बेलायत प्रवेश गर्न चाहने आप्रवासी र शरणार्थी चढेको डुंगा इङ्लिस च्यानलमा डुब्दा कम्तिमा २७ जनाको मृत्यु भएको छ ।बेलायत र फ्रान्सलाई छुट्याउने समुद्री च्यालनमा उक्त डुंगा डुबेकाले दुई देशले दुर्घटनाका लागि एक अर्कालाई दोष लगाएका छन् ।एटलान्टिक महासागरको उक्त च्यानलको पानी तुलनात्मक रूपमा शान्त रहेको दिन पारेर फ्रेञ्च किनारबाट आप्रवासी र शरणार्थीहरू खचाखच भरिएको डुंगाबाट बेलायततर्फ हिँडेका थियो ।

एक जना माझीले समुद्रको बीचमा डुंगा खाली र वरपर मान्छेहरू हलचल नगरी तैरिएको देखेपछि उद्धार सेवामा खबर गरेका थिए । त्यसपछि बेलायत र फ्रान्सको संयुक्त उद्धार टोली डुंगा र हेलिकप्टरबाट गएका थिए ।उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ भने घटनासँग जोडिएका चार जनालाई फ्रेन्च प्रहरीले पक्राउ गरेको छ ।

डुबेर मर्नेमध्ये एक जना बेलायती सेनासँग काम गरेका अफगान सैनिक भएको पहिचान भएको छ ।अन्तर्राष्ट्रिय आप्रवासन संगठनले इङ्लिस च्यानलमा आप्रवासीहरूको अहिलेसम्मकै ठूलो दूर्घटना भनेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने