पर्सामा यो बर्ष विभिन्न ७५ वटा मानवअधिकारको घटनाहरू उल्लंघन



वीरगन्ज, ६ पुस । पर्सामा मानव अधिकार उल्लंघनका घटनाहरू कमी आउन सकेको छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज वीरगन्जमा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०२२ को समिक्षा गोष्ठीमा सार्वजनिक गरिएको तथ्याङकमा पर्सा जिल्लामा मानव अधिकार उल्लंघनका घटनाहरूको संख्या कम नभएको उल्लेख गरिएको छ ।

इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले सार्वजनिक गरेको तथ्यांकअनुसार यो बर्षको समीक्षा अवधिमा पर्सामा विभिन्न ७५ वटा मानवअधिकार उल्लंघनका घटनाहरू भएका छन् । त्यसमध्य बलात्कारका घटना ४६ वटा भएका छन् ।

ती मध्ये १८ बर्षभन्दा कम उमेरका बालीकासंग बलात्कारका ३७ वटा घटना भएका हुन् भने १८ बर्षभन्दा माथिका बालीकासंग बलात्कारका ९ वटा घटना भएको इन्सेक पर्साले जनाएको छ । यसैगरि १८ बर्षमाथिका बलात्कारका प्रयासका घटना ५ वटा भएका छन् । यसैगरि बालविवाहका घटना ४ वटा भएको इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले जानकारी दिनुभयो ।

त्यसैगरी बहुविवाहका ४ वटा, हत्याका ५ वटा, मानव बेचविखनका ३ वटा, बोक्सीको आरोपका २ वटा र कुटपिटको २ वटा घटना भएको छ । त्यस्तै अप्राकृतिक मैथुन, गर्भपतन, बालयौन दूराचार र बलात्कारका प्रयासका चारवटा घटना भएका छन् । कार्यक्रममा बोल्ने बक्ताहरुले मानवअधिकार उल्लंघनका घटना साझा समस्या भएकोले यसको न्यूनीकरणका लागि पनि साझा प्रयास आवश्यक रहेको बताएका छन् । जुनसुकै घटना पनि राजनीतिसँग जोडिने भएको हुँदा राजनीतिक तहमा नै यसको न्यूनीकरणको खोजी आवश्यक रहेको वक्ताहरुको भनाई थियो ।

मानव अधिकार निगरानी समूह पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघको प्रदेश २ का महासचिव श्याम बञ्जरा, पर्सा शाखा अध्यक्ष अनुप तिवारी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायतले मानव अधिकारको विषयमा आ–आफ्ना धारणा राखेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन