नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवार दिएकी वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की पराजित
वीरगन्ज, ६ पुस । नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवार दिएकी वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की पराजित हुनु भएको छ ।महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनु भएकी ९१ वर्षिया कार्की पराजित हुनु भएको हो ।
महिला खुल्ला तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका ३० जना मध्ये कार्कीले २६० मत मात्रै पाएपछि २७ औं नम्बरमा पर्दै पराजित हुनु भएको हो । नेपाली कांग्रेसको विधान अनुसार महिला खुला केन्द्रीय सदस्यमा ९ जना विजयी भएका छन् ।नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत भइसक्नु भएकी कार्की पटक पटक महाधिवेशन प्रतिनिधि पनि भइसक्नु भएको छ ।