बिरगंज माहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाइ चिसोबाट जोगीन कम्बल लगायतका सामाग्री वितरण गर्ने अभियान शुरु
वीरगन्ज, १८पुस । बिरगंज माहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाइ चिसोबाट जोगीन कम्बल लगायतका सामाग्री वितरण गर्ने अभियान शुरु गरेको छ । महानगरको जनकल्याणकारी योजना अन्तर्गत माहानगरका ३२ वटै वडाका जेष्ठ नागरिकलाइ महानगरपालिकाको कार्यालयले हिजो देखि एक थान कम्बल, एक थान झुल, एक थान छाता र एक थान टर्च लाइट वितरण गर्ने अभियान थालेको हो ।
यस अभियान अन्तर्गत महानगरका ३२ वटै वडामा गरि करिब ६ हजार जेष्ठ नागरिकलाइ उनिहरुको घर दैलोमै पुगेर ती सामाग्री वितरण गरिने महानगरपालिकाको कार्यालयले जनाएको छ ।
अभियानको पहिलो दिन हिजो वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा नगर प्रमुख विजय कुमार सरावगीले त्यस वडाका जेष्ठ नागरिकहरुलाइ कम्बल , छाता , झुल र टर्चलाइट वितरण गर्नु भएको सरावगीका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिनुभयो ।