नारायणी अस्पतालमा गएराति तोडफोड



वीरगन्ज, १८पुस । नारायणी अस्पतालमा गएराति तोडफोड भएको छ । पिकनिक मनाउन गएका एक युवकको अस्पतालको आकस्मिक कक्षमा मृत घोषित गरिएपछि आक्रोशित युवाहरूले अस्पतालमा तोडफोड गरेका हुन् । आकस्मिक कक्षको गेटको सीसा फोडिएको छ । तनावपूर्ण स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साथै प्रहरीले तोडफोडमा संलग्न एकजनालाई पक्राउ पनि गरेको छ । नयाँ वर्ष मनाउन आएका सन्तोष पटेल पिकनिकमा खाना खाएर फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो । ठोरीबाट वीरगंज फर्कने क्रममा पोखरिया नगरपालिका–२ का १६ वर्षीय सन्तोष पटेलको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना. ६३ प. ७४२६ नम्बरको मोटरसाइकलमा सवार पटेलको मृत्यु भएको र उनीसँगै बसेका अर्का एकजना युवकसहित बा.२७प १६४ नम्बरको मोटरसाइकलमा सवार दुईजना घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले एम्बुलेन्सबाट उपचारको लागि वीरगंज पठाइएको र पटेलको बाटोमैं मृत्यु भएको बताउनुभयो ।

दुर्घटनामा वीरगंज महानगरपालिका, विन्ध्यवासिनीका १७ वर्षीय गनिम मियाँ हजाम गम्भीर घाइते भएका छन् । उनको मोटरसाइकलमा सवार नुरमहम्मद हजाम पनि घाइते भएका छन् । मृतक सन्तोष पटेलको मोटरसाइकलपछाडि बस्ने पोखरियाकै सरोज पटेल पनि घाइते भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन