प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै



काठमाडौं, १८ पुस । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहन्छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

प्रतिपक्ष दलका सांसदहरुको अवरोधकावीच सभामुखले संसदका कामकारवाही अगाडि बढाउँदै आउनुभएको छ ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद बैठक सुचारु गर्ने विषयमा पनि छलफल हुने सत्तारुढ दलका सांसदले जानकारी दिएका छन् । संसद सुचारु गर्ने विषयमा सरकार र सभामुखले प्रयास गरेपनि सफल हुन सकेको छैन् । पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै एमालेका सांसदहरुले निरन्तर संसद अबरोध गर्दै आएका छन् । शौ— ईमेजखबर


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग