पुष २७ गते हुने भनिएको नेपाली काँग्रेस पर्साको जिल्ला अधिवेशन फेरि सर्ने



क्रान्ति साह
वीरगन्ज, २१ पुस । यहि पुष २७ गते हुने भनिएको नेपाली काँग्रेस पर्साको जिल्ला अधिवेशन फेरि सर्ने भएको छ । काँग्रेसको १४ औं महाधिवेशन अघि नै हुनु पर्ने पर्सा काँग्रेसको जिल्ला अधिवेशन, नेताहरु बिचको विवादका कारण समयमा हुन नसक्दा यहि पुष २७ गतेका लागि तोकिएको थियो । तर अब पुष २७ गते पनि काँग्रेस पर्साको जिल्ला अधिवेशन नहुने सम्भावना रहेको काँग्रेस पर्साका नेता जनार्दन सिंह क्षेत्रीले जानकारी दिनुभयो । माघ १२ गते राष्ट्रियसभा सदस्यहरुको निर्वाचन हुन गइरहेका कारण काँग्रेसको निर्वाचन समितिले राष्ट्रियसभाको निर्वाचनको तयारीमा पार्टी लाग्नु पर्ने भएको भन्दै पर्सा सहितका बाँकी जिल्लामा पुष २७ का लागि निर्धारण गरिएको जिल्ला अधिवेशन स्थगीत गरि अर्को मिति तोक्ने तयारी गरिरहेको नेता क्षेत्रीले जानकारी दिनुभयो । काँग्रेस पर्साको आगामी सभापतिको दाबेदार समेत रहनु भएका नेता क्षेत्रीले अब काँग्रेस पर्साको जिल्ला अधिवेशन सम्भवत माघ १२ को राष्ट्रिय सभा निर्वाचन पछि मात्रै हुने बताउनुभयो । यस बारेमा आजभोलि मै पार्टीको निर्णय आउने जानकारी पनि उहाले दिनुभयो । काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको भएपनि पर्सा जिल्लामा काँग्रेसको जिल्ल्लाका साथै १४ वटै पालिकाहरुको पालिका अधिवेशन पनि हुन सकेको छैन । अहिले आएर पुष २७ गते हुने भनिएको जिल्ला अधिवेशन पनि फेरि एक महिना पछि सर्ने भएपछि यसले जिल्लाका काँग्रेस नेता , कार्यकर्ता र शुभचिन्तकहरु निराश भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन