वीरगन्जको सीमा क्षेत्रमा एकैदिन ६ जनामा कोरोना देखियो
वीरगन्ज, २३ पुस । वीरगन्जको सीमा क्षेत्रमा एकैदिन ६ जनामा कोरोना देखिएको छ । हिजो एकै दिन ६ जनामा परिक्षणको क्रममा कोरोना देखिएको सीमा क्षेत्रमा स्थापना गरिएको हेल्थ डेक्सकी प्रमुख डा. अनिषा महतोले जानकारी दिनुभयो ।मंसिर महिनामा सुन्य रहेको कोरोना संक्रमणको दर भने पुस लागेपछि बढेको पनि डा. महतोले जानकारी दिनुभयो । उहाका अनुसार पुस ५ गतेबाट हिजोसम्ममा २५ जनामा संक्रमण देखिएको र ती मध्य जम्मा ४ जना मात्रै नपाली रहेको र वीरगन्ज माइती भएकी एक महिलामा पनि संक्रमण देखिएको छ । उनीहरुमा ओमीक्रोन भए नभएको बिषयमा जानकारी लिनका लागि टेकुमा पठाइएको पनि उहाले बताउनुभयो । सीमा नाका तत्काल बन्द गर्न समेत डा. महतोले सुझाव दिनुभएको छ ।