पर्सा जिल्लाको भीडभाड हुने कार्यालयमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने निर्णय



वीरगन्ज, २३ पुस । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले पर्सा जिल्लाको भीडभाड हुने कार्यालयमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले भीडभाड हुने कार्यालयमा अनिवार्य मास्क प्रयोग र सचेतनामूलक सूचना प्रसारप्रचार गर्ने निर्णय गरेको छ ।

बैठकले कोभिडको नयाँ भेरिएन्टले महामारीको जोखिम बढ्ने भन्दै पूर्वतयारी तथा व्यवस्थापनको लागि केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त कोभिड कोषबाट मास्क, सेनिटाइजरलगायतका सामग्री खरीद गरी वितरण गर्ने निर्णय गरेको छ । बैठकले इनर्वा नाकामा रहेको हेल्थडेस्कलाई सुविधायुक्त बनाउने निर्णय गरेको छ ।

महानगर क्षेत्रभित्र सञ्चालित खोप केन्द्रहरू अपर्याप्त भएकोले जिल्ला प्रशासन कार्यालय, पर्सा, भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा, घण्टाघर, सामुदायिक सेवा केन्द्र, आदर्शनगर, बसपार्कमा थप खोप केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । स्वास्थ्य कार्यालय पर्सामा रहेको जोन्सन खोपलाई आवश्यकता अनुसार सबै स्थानीय तहमा पठाउने निर्णय पनि गरेको छ ।

यसैगरी, बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै जिल्लाको स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई अतिआवश्यक कामबाहेक लामो बिदा नदिन सम्बन्धित कार्यालयहरूलाई अनुरोध गरेको छ ।

बैठकमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधान, चण्डीप्रसाद गणका प्रमुख सेनानी मनोज कार्की, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल, स्वास्थ्य कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख नवलकिशोर साहलगायत सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन