पर्साबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित चार जना पक्राउ
वीरगन्ज, १४माघ । पर्साबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित चार जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्लाको बहुदरमाइ नगरपालिका ९ बस्ने विश्रामपुरका ६० वर्षीय गणेश साह कलवार, सोहि स्थानका ३४ वर्षीय सन्तोष साह कलवार, सखुवाप्रसौनी गाउँपालिका १ का ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारीका ४२ वर्षीय दसाही दास रहेका छन्। गणेश र सन्तोषको साथबाट ७४–७४ किलो र दसाही र सुरेसको साथबाट ७–७ किलो गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । पक्राउ परेका चारै जनामाथि यसबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।