पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणनाका लागि जडान गरिएका ६ वटा क्यामेरा चोरी
वीरगन्ज, १४माघ । पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणनाका लागि जडान गरिएका ६ वटा क्यामेरा चोरी भएका छन् । पर्साको बढनिहार र मनवा इलाका वन कार्यालय क्षेत्रमा जडान गरिएका क्यामेरा चोरी भएका हुन् । डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँले राष्ट्रिय बाघ गणना कार्यक्रमअन्तर्गत जडान गरिएका क्यामेराहरु चोरी भएको बताउनुभयो । संयुक्त गस्ती नहुँदा क्यामेरा चोरी भएको हो । बाघ गणनाका लागि जडान गरिएका ६ वटा क्यामेरा चोरी भएको रिपोर्टिङ आएको भन्दैं मियाँले क्यामेरा चोरी भएको क्षेत्र गाँजा तस्करी गर्ने रुट रहेको र आफ्नो तस्बिर कैद नहोस् भनेर तस्करले चोरेको हुन सक्ने बताउनुभयो ।