संयुक्त राष्ट्रसंघको अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनप्रति चिन्ता



काबुल ृअफगानिस्ताने, १४ माघ । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता नियोग (ग्ल्ब्ःब्) ले देशमा मानवअधिकार उल्लङ्घनका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमा तालिवान अधिकारीहरूसँगको भेटमा युनामा मानवअधिकारले अफगानिस्तानमा यस्ता घटनाहरूको अनुसन्धान, पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको बताएको छ। मानवअधिकार उल्लङ्घनका कथित मुद्दाहरू र पूर्व ब्ल्क्ँ÷सरकारी सदस्यहरू, नागरिक समाज, मिडिया, न्यायपालिका, धार्मिक धर्मगुरुहरू र महिला कार्यकर्ताहरूका सरोकारहरूबारे छलफल गरियो।

छानबिन, पारदर्शिता चाहिन्छ, ट्वीटमा जनाइएको छ।अफगानिस्तानमा २०२१ को शुरुदेखि जुलाई २०२१ सम्म कम्तिमा ३० पत्रकार र सञ्चारकर्मीको हत्या, हातपात र घाइते भएका छन् । र तीमध्ये धेरैलाई सरकारी अधिकारीहरूले धम्की दिएको अफगानिस्तानको गैर नाफा नाइको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी गत नोभेम्बरमा अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको मजार–ए–शरीफ शहरमा चार महिला कार्यकर्ताको हत्या भएको थियो ।तालिबानको सत्ता कब्जापछि महिलाविरुद्ध विभिन्न हिंसाका घटनाहरू बढेका छन्। विश्वभरिबाट बारम्बार आह्वान गरिए पनि तालिबानले महिला सुरक्षा र समावेशी सरकारको आश्वासनमा आफ्ना वाचाहरू पूरा गर्न असफल भएको छ। (रासस–एएनआई)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने