स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय



वीरगन्ज, २४माघ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिनुभयो । सरकारले बैशाख ३० गते देशभर एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको गृहमन्त्री खाँडले बताउनुभयो ।यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तह निर्वाचन गर्न सरकारलाइ सिफारिस गरेको थियो । तर जेठ ४ मा चुनाव गर्दा स्थानीय तह केहि दिन जनप्रतिनिधी विहिन हुने भएपछि सरकारले बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको गृहमन्त्री खाँडले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग