सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै



काठमाडौं २४ माघ । संयुक्त राष्ट्रसंघले सिरियामा हालैको संघर्षका कारण कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै गएको बताएको छ ।राष्ट्रसंघको प्रतिवेदन अनुसार अमेरिका समर्थित कुर्द लडाकु र बिद्रोही समुह आइ.एस.आइ.एल.बीच भएको संघर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारिरीक स्थिती नाजुक बनेको हो ।

राष्टसंघीय बालकोष युनिसेफले सिरियाको उत्तरपुर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफुहरु तयार रहेको जनाउँदै त्यसका लागि बातावरण मिलाइदिन अपील गरेको छ ।युनिसेफका प्रतिनिधीहरुले हालै बालबालिकालाई राखिएको कारागारको भ्रमण गरी उनीहरुको अवस्थाबारे संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको हो ।

सिरियास्थित हासाकेह कारागारमा हाल ३ हजार बढी कैदी बन्दी रहेकोमा ६ सय जना बालबालिका नै रहेका छन् । ती बालबालिका आफना अभिभावक सरह सजाय काट्न बाध्य भएको भन्दै युनिसेफले बिश्वको ध्यानाकर्षण गराएको छ ।गत जनवरीमा केही बन्दीहरुले जेल तोडेर भाग्ने क्रममा छुटेका बालबालिकलाई बन्धन बनार्ईएको युनिसेफको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने