वीरगंज महानगरपालिकाका ३० वटा सडकखण्डको निर्माण तथा स्तरोन्नतिको काम साढे तीन वर्षसम्म पनि सम्पन्न हुन सकेन



वीरगन्ज, १ फागुन । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत वीरगंज महानगरपालिकाका ३० वटा सडकखण्डको निर्माण तथा स्तरोन्नतिको काम साढे तीन वर्षदेखि सम्पन्न हुन सकेको छैन ।करीब डेढ सय करोडको बजेट रहेको वीरगंज महानगरपालिकाको ५२ किलोमिटरको ३० वटा सडकखण्डको निर्माण तथा स्तरोन्नतिको लागि २०७५ साल वैशाख र जेठमा दुईवटा ठेकेदार कम्पनीले सकार गरेका थिए ।

तर ती मध्ये अहिलेसम्म एउटा ठेकेदारले आधा र अर्को ठेकेदारले ७० प्रतिशत मात्र काम सम्पन्न गर्न सकेका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना वीरगंजका इन्जिनीयर विवेक नेपालले वीरगंज महानगरपालिकाको शहर क्षेत्र बाहिरका १७ वटा सडकको निर्माण, स्तरोन्नतिका लागि स्वच्छन्द, पप्पु, र युनाइटेड बिल्डर्सले २६ किलोमिटर सडकको लागि २०७५ साल जेठ १९ गते ७५ करोड २० लाख ८२ हजार रुपैयामा ठेक्का सकार गरेको तर अहिलेसम्म पचास प्रतिशत मात्र काम सम्पन्न गरेको बताउनुभयो ।

पहिलो सम्झौता अनुसार २०७७ सालकै जेठमा सडकको काम सक्नु पर्ने भएपनि कोरोना महामारीका कारण तोकिएको समयमा ठेकेदारले काम नसकेकाले आगामी चैत मसान्त सम्म म्याद थप गरिएको इन्जिनियर नेपालले जानकारी दिनुभयो । यसैगरी, वीरगंज महानगरपालिकाको शहर क्षेत्र भित्रकै विभिन्न १३ वटा सडकखण्डको काम पनि अधुरै रहेको छ ।

रमण÷श्याम÷युनाइटेड बिल्डर्स काठमाडौंले महानगर भित्रका २६ किलोमिटर सडक निर्माण तथा स्तरोन्नत्तीका लागि ७४ करोड ८७ लाख ६५ हजारमा २०७५ साल बैशाख ३१ गते ठेक्का सकार गरेको र पहिलो सम्झौता अनुसार २०७७ साल बैशाख ३० गते भित्रै कार्य सम्पन्न गर्नुपर्नेमा हालसम्म भौतिक प्रगति ७० प्रतिशत मात्र रहेको इन्जिनीयर नेपालले बताउनुभयो । उहाले यो योजनाको अवधि पनि कोरोना लगायतको कारणले चैत मसान्तसम्म थप गरिएको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन