म्यानमारको सैन्य सरकारले एकता दिवसको अवसरमा ८ सय बढी बन्दीलाई आममाफीको घोषणा



एजेन्सी १ फागुन । म्यानमारको सैन्य सरकारले एकता दिवसको अवसरमा ८ सय बढी बन्दीलाई आममाफीको घोषणा गरेको छ ।सैन्य प्रमुख जनरल मिन आङ ह्लाइङले ७५औं एकता दिवसको अवसरमा ८ सय १४ बन्दीलाई आममाफीको घोषणा गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सैन्य सरकारले गत अप्रिलमा पनि लगभग २३ हजार कैदीलाई आममाफी दिएको थियो ।
दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सेना प्रमुख मिनले देशका विचलित जातीय अल्पसंख्यकका बीच राष्ट्रिय एकताको लागि अलि गर्नुभएको थियो । कमजोर देशभक्तिको भावनाले राष्ट्रियता र राष्ट्रिय जातिका लागि भयानक खतरा निम्त्याउन सक्ने उहाँको भनाइ थियो ।
यद्यपि, अल्पसंख्यकसँगको द्वन्द्व अझै समाधान हुन नसकेको र यसले देशको विकासमा सुस्तता आएको सेनाप्रमुख मिनले स्वीकार गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले दशकौंको ब्रिटिश औपनिवेशिक शासनपछि जातीय समूहहरूलाई एकताबद्ध गर्ने १९४७ मा पाङ्लोङ सम्झौतामा हस्ताक्षर गरेकोमा अल्पसंख्यकको प्रशंसा गरे ।
बेलायतको औपनिवेशिक शासन अन्त्य भएको दिनको सम्झनामा म्यानमारले हरेक वर्ष एकता दिवस मनाउँदै आएको छ । गत वर्ष प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई पदच्यूत गर्दै सेनाले सत्ता कब्जा गरेपछि देश अशान्तिले ग्रसित भएको बेला यो उत्सव मनाइएको हो ।
सैन्य शासनको विरुद्धमा रहेकाले भने कार्यक्रम बहिस्कार गरेका छन् । सत्ता कब्जापछि भएको हिंसात्मक प्रदर्शन तथा सेनाको कारबाहीमा हालसम्म १५ सयभन्दा बढी नागरिक मारिइसकेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने