वीरगन्जका बिभिन्न अस्पतालहरुबाट निस्कने फोहोरको संकलन शुरु
वीरगन्ज,५ फागुन । वीरगन्ज माहानगरपालिकाले आजबाट वीरगन्जका बिभिन्न अस्पतालहरुबाट निस्कने फोहोरको संकलन शुरु गरेको छ । महानगरपालिकाभित्र संचालनमा रहेका अस्पतालबाट निस्कने फोहोरजन्य बस्तुहरुको संकलन अभियान शुरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले बताउनुभयो ।
महानगरपालिकाभित्र रहेका बिभिन्न स्वास्थ्य संस्था र प्याथोलोजीबाट निस्कने फोहोरहरु संकलन गरी वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ मा निर्माण भएको हस्पीटल ग्रीन एण्ड सेन्टरमा लगेर ब्यवस्थापन गर्ने कार्य शुरु गरिएको उहाले बताउनुभयो । केही महिना अगाडि मात्रै महानगरपालिकाले उक्त सेन्टर संचालनमा ल्याएको थियो,जसको महानगर प्रमुख बिजय कुमार सवरागीले उद्घाटन गर्नुभएको थियो ।