देशको मुख्य आर्थिक नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को माघमा महनिामा लक्ष्यभन्दा कम राजस्व संकलन



वीरगन्ज,५ फागुन । देशको मुख्य आर्थिक नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को माघमा महनिामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयले माघमा भन्सार विभागबाट पाएको लक्ष्यभन्दा चार प्रतिशत कम राजस्व संकलन गरेको हो। माघमा वीरगन्ज भन्सार कार्यालयले १५ अर्ब ८२ करोड एक लाख ४२ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। विभागले वीरगन्ज भन्सार कार्यालयलाई १६ अर्ब ४९ करोड ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो।कार्यालयले माघमा सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट ६ अर्ब ५० करोड ४७ लाख ४४ हजार राजस्व संकलन गरेको छ। आयात भएको सामानहरुको भन्सार महसुलबाट ५ अर्ब ८१ करोड ४५ लाख ९७ हजार रुपैयाँ संकलन गरिएको छ।त्यस्तै पूर्वाधार करबाट एक अर्ब २९ करोड ८८ लाख, अन्तःशुल्कबाट एक अर्ब ४० करोड ६६ लाख ७१ हजार, सडक मर्मत तथा सुुधार दस्तुरबाट ३१ करोड १५ लाख २० हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ। कार्यालयले गत आर्थिक वर्ष पनि विभागबाट पाएको लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व संकलन गरेको थियो। तेश्रो लहरको कोरोनाका कारण भन्सारको लक्ष्य माघ महिनामा प्रभावित भएको भन्सारका कर्मचारीहरुको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन