चोरीको मोटरसाइकल सहित बाराबाट तीनजना पक्राउ
वीरगन्ज,५ फागुन । चोरीको मोटरसाइकल सहित बारा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट गत पुष २५ गते चोरी भएको मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही पालिका वडा नम्बर २० बस्ने आकाश प्रसाद चौरसिया, निरज पासवान र सुनिल यादव रहेका छन् ।
उनिहरुलाई प्रहरीले छातापिपरा चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । स्थानीय सफिक देवानको प्रदेश नम्बर २–०३–०१४ प. ४५८४ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सिमराको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेकाहरुमाथि चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।