कोरोना कहरको पहिलो र दोश्रो लहरमा हटस्पट बनेको वीरगन्जमा कोरोनाको तेश्रो लहरमा भने संक्रमणको दर न्यून
वीरगन्ज,५ फागुन । कोरोना कहरको पहिलो र दोश्रो लहरमा हटस्पट बनेको वीरगन्जमा कोरोनाको तेश्रो लहरमा भने संक्रमणको दर न्यून देखिएको छ । तेश्रो लहरको जोखिम कम भएसंगै वीरगन्जमा संक्रमितको संख्यामा पनि गिरावट आएको छ । वीरगन्जको नारायणी अस्पतालमा दैनिक परिक्षण गराइएकाहरु मध्ये संक्रमित हुनेको संख्या घट्दो क्रममा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताउनुभयो । हिजो मात्रै नारायणी अस्पतालको प्रयोगशालामा ३० जनाको परिक्षण गर्दा ३ जनामा मात्रै संक्रमण देखिएको उहाँले बताउनुभयो । संक्रमित मध्य दुईजना महिला र एकजना पुरुष रहेका छन् । यसअघि पाँच दिन अगाडि सार्वजनिक गरिएको विवरणमा पनि वीरगन्जमा ६१ जनाको परिक्षण गर्दा ८ जनामा संक्रमण देखिएको थियो । अब तेश्रो लहरबाट वीरगन्ज लगभग मुक्त हुने अवस्थामा रहेको डा. सिंहले जानकारी दिनुभयो