गठबन्धनको भविष्य आज ५ बजे तय हुन्छ प्रचण्ड



काठमाडौं ,५ फागुन । सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा आज बेलुकी ५ बजे बस्ने बैठकले निक्यौल गर्ने नेताहरूले बताएका छन् ।
गठबन्धनआवद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले आज बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् ।
माधवकुमारसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निक्र्योल हुने बताएका हुन् । ‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने ।
आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए । एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग