नेपाल पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि



वीरगन्ज,५ फागुन । नेपाल पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् ।

जसमध्ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ ।

यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै १० वर्ष मुनिका १८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान
पाँचदेखि ११ वर्षसम्मका बालबालिकाको लागि २२ लाख फाइजर खोप आइतबार नेपाल आइपुग्ने
विश्व रक्तदाता दिवसको अवसरमा आज ब्लड डोनर्स एशोसियसन पर्साले रगतदान गर्ने व्याक्ति र रक्तदान कार्यक्रम आयोजना गरेका पर्सा र बाराका…
वीरगन्जमा मानव स्वास्थ्यका लागि हानी गर्ने विषादी हालेर पकाइएका आँप बिक्री हुदा पनि स्थानीय प्रशासन मुकदर्शक