नेपाली कांग्रेस पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित



वीरगन्ज,२० फागुन । नेपाली कांग्रेस पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनु भएको छ ।संस्थापन पक्षका उम्मेदवार क्षेत्री , संस्थापन इतर पक्षका उम्मेदवार श्याम पटेललाइ ४ सय ६५ मत अन्तरले पराजित गर्दै सभापतिमा विजयी हुनु भएको हो ।

हिजो भएको निर्वाचनको आज बिहान सकिएको मतगाण्नाको नतीजा अनुसार , सभापतिमा निर्वाचित क्षेत्रीले १ हजार १ सय १० मत पाउनु भएको छ । उहाका प्रतिस्पर्धी पटेलले भने ६ सय ४५ मत मात्रै प्राप्त गर्नुभएको छ ।सभापति सहित ७ पदाधिकारीमा क्षेत्री प्यानलकै उम्मेदवार विजयी भएका छन् ।जिल्ला उपसभापतिमा क्षेत्री प्यानलकै रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी हुनु भएको छ ।

कुर्मीले एक हजार २ सय ३५ र गुप्ताले १ हजार एक सय २ मत पाउनु भएको छ । पटेलको प्यानलबाट उपसभापतिका उम्मेदवार डा. कृपा सिन्धु चौधरीले ५ सय ८५ मत र राजु कुमार गुप्ताले ४ सय ८२ मत मात्रै पाउनुभयो । सचिवमा पनि क्षेत्री प्यानल कै इम्तियाज आलम र दिनेश कुमार चौधरी विजयी हुनु भएको छ ।आलमले १ हजार १ सय ७ र चौधरीले १ हजार १ सय ५९ मत प्राप्त गर्नुभएको हो । सचिवमा पटेल प्यानलका विश्वराज घिमिरेले ४ सय ६५ मत र विरेन्द्र यादवले ५ सय ९७ मत मात्रै पाउनुभयो ।

सह सचिवमा पनि क्षेत्री प्यानल कै नविन कुमार सिंह १ हजार २ सय ५३ र मदन राउत अहिर १ हजार १ सय ११ मत ल्याएर विजयी हुनु भएको छ ।सहसचिवमा पटेल प्यानलका उम्मेदवार लुकमान अन्सारीले ४ सय ५१ र दिलिप राज कार्कीले ५ सय ८२ मत मात्रै पाउनुभयो । क्षेत्रीको प्यानललाई संस्थापन पक्षका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया, पूर्वकेन्द्रिय सदस्य सुरेन्द्र चौधरी, संविधानसभा सदस्य अनिल रुगंटाको समर्थन रहेको थियो ।

पटेल प्यानललाई भने संस्थापन इतर पक्षका नेता एंव निर्वतमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको थियो ।आज बिहान पदाधिकारीको मात्रै मतगणनाको नतीजा आएको हो । बाँकी ६१ सदस्य पदको मतगणना भने आज दिउसो देखि शुरु हुने प्रमुख निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । हिजो भएको निर्वाचनमा कुल १ हजार ८ सय २० मत मध्ये १ हजार ७ सय ७८ मत मात्रै खसेको थियो ।
यसैबीच काँग्रेस पर्साको सभापतिमा नवनिर्वाचित जनार्दशन सिंह क्षेत्रीले नेपाली काँग्रेस पर्सालाई एकजुट बनाएर लैजाने प्रतिबद्धता जनाउनु भएको छ । समुदायिक रेडियो नारायणी एफएमको प्रभातकालिन प्रश्तुती कार्यक्रम नमस्ते वीरगन्जमा कुराकानी गर्दै नवनिर्वाचित सभापति क्षेत्रीले नेपाली काँग्रेस पर्सालाई एक जुट बनाएर लैजाने र आगामी दिनमा पर्सामा काँग्रेस भित्रको गुटको राजनीति अन्त्य गर्ने पनि बताउनुभयो ।उहाँले स्थानीय तहको चुनावमा काँग्रेसलाई पर्साको सबै स्थानीय तहमा बिजयी गराउने नीति बनाएर अगाडि बढ्ने पनि बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन