पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि
वीरगन्ज,२० फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएर १५० रुपैयाँ पु¥याएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।इन्डियन आयल कर्पोरेसन आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि नेपाल आयल निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको आयल निगमले जनाएको छ ।